काठमाडौँ, ९ जेठ । मन्त्रिपरिषदको बैठक आज शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने जनाइएको छ । साथै लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने पनि बताएको छ ।