असार १२, काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासंघले असार १५देखि आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५ आयोजना गर्ने भएको छ । चलचित्रको माध्यमबाट आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, धर्म तथा प्रथाको दस्तावेजीकरण तथा संरक्षण गर्ने उदेश्यले महोत्सव गर्न लागेको हो । भाषाको ‘सिलु’ नामक चलचित्रको निर्माण भएदेखि हालसम्म ६०० भन्दा बढी आदिवासी जनजातिसम्बद्ध कथानक चलचित्र निर्माण…