कर्मचारीलाई तलब खुवाउन सर्वोच्च अदालतको आदेश

काठमाडौँ, २५ असार । झन्डै १० वर्षअघि सुनसरी जिल्लास्थित लौकही अस्थायी अस्पतालमा करारमा कार्यरत २१ जना कर्मचारीको तलब सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले उनीहरूले पाउनुपर्ने तलब दिन सरकारका सम्बन्धित निकायलाई आदेश दिएको हो । २०६५ साल भदौ २ गते कोशीबाँध…