सरकार र शिक्षक महासंघबीच मध्यरातमा वार्ता

काठमाडौँ, १६ वैशाख । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेर सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले पूर्ण तथा ठोस सहमति भने हुन नसकेको बताइएको छ । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेको  महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।…