काठमाडौँ, १२ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताएका छन् । काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरुसँग बिहीबार ऊर्जा मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा ग्रीन हाइड्रोजनको महत्वपूर्ण भूमिका भएकाले यसलाई कार्यविधि बनाएर अगाडि बढाउने बताए । मन्त्री खड्काले वातावरण संरक्षण तथा…