यस्तो रह्यो २०७६ सालको राजनीति

काठमाडौँ, १ बैशाख । नेपालका प्रमुख राजनीतिक दल आन्तरिक विवादमै जेलिइरहे- वर्ष ०७६ भरि । पार्टीभित्रको आन्तरिक विधि, पद्धति र प्रक्रियाभन्दा नेताको हैसियत, बहुमत र भागबण्डाको राजनीतिमा नेकपा र काँग्रेस अलमलमा रहे । ती पार्टीभित्रको आन्तरिक विवाद अझै साम्य हुन सकेको छैन । नेकपामा त्रिपक्षीय शक्ति संर्घष (त्यसभित्र पनि मुख्य गरी दुई अध्यक्षवीचको शक्ति संर्घष)…