मकैबारीमा आएर सास फेरियो

काठमाडौँ, २२ चैत । भारतीय प्रहरीको आँखा छलेर नेपाल छिरेका नेपाली भन्छन्, ‘भोको पेट, उखरमाउलो गर्मी, फोहोर र भारतीय प्रहरीको छिछि र दुर्दुर सम्झिँदा पनि शरीरभरि काँडा उम्रिन्छ ।’ हाल झापा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका सुर्खेत घर भएका जगत् विष्टले भने, ‘भारतमा फैलिँदै गएको कोरोनाका कारण यता नेपालबाट परिवारको जसरी भए पनि नेपाल आऊ भन्ने आग्रह…