युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

काठमाडौँ, १० जेठ । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ । युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो । युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ…