प्रदेश नं २ का स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ, ५ साउन । निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगको बुधबारको बैठकले ती आठ जिल्लाका १२७ स्थानीय तहमा असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले…