राजनीति

सशस्त्र प्रहरीका २२ डीएसपीहरूको एसपीमा बढुवा (नामसहित)



काठमाडौँ, २७ वैशाख । सशस्त्र प्रहरीमा २२ जना नायब उपरीक्षक (डीएसपी)हरूको उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएको छ ।

सशस्त्र प्रहरी बलको मुख्यालयले शुक्रबार साँझ जारी भएको विज्ञप्तिअनुसार २२ जना डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेहरूमा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाकुमार सुवेदी, दीपेन्द्र कुँवर (क) र सुरेन्द्र बुढाथोकी रहेका छन् ।

हर्कबहादुर विष्ट, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दीपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोणकुमार विष्ट डीएसपीबाट एसपीमा बढुवाको सिफारिसमा परेका छन् ।