बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ

काठमाडौँ, ५ फागुन ।  काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।