आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेकामा स्पष्टीकरण

काठमाडौँ, २३ वैैशाख । निर्वाचन आयोगले ललितपुर महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेको जनाउँदै प्रमुखका उम्मेदवार जनक थापालाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल ¥याली रोक्न निर्देशन दिएको आयोगका प्रवक्ता…