नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २२ फागुन । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । भारतको मगध विश्वविद्यालय बोधगयाबाट स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा उनले…