काठमाडौँ, २९ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ ।अख्तियारले यसका लागि प्रभावकारी कानुन ल्याएर आवश्यक प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेको छ । अख्तियारले २९औं वार्षिक प्रतिवेदनमा विदेशमा लुकाइएको सम्पत्ति फिर्ता गर्न, राष्ट्रिय सदाचार नीति लागू गर्न, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अख्तियार मातहत राख्नुपर्नेलगायत…