काठमाडौँ, २३ पौष । पछिल्लो समयमा विवादित बन्न पुगेको सूचनाप्रविधिसम्बन्धी विधेयकप्रति बैंकिङ क्षेत्रले पनि असहमति व्यक्त गर्न थालेको छ । आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रवधान रहेको भनी आलोचित यस विधेयकका केही दफाले बैंकिङ क्षेत्रलाई समेत गम्भीर प्रभाव पर्ने बताउँदै नेपाल बैंकर्स संघले अहिले उक्त विधेयकमार्फत बैंकिङ क्षेत्रलाई पर्ने असरका विषयमा आन्तरिक अध्ययन गरिरहेको…