पाँचथर, २४ पौष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने बताएका छन् । आज पाँचथरको फिदिममा भएको आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका हुन् । उनले भने, ‘ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो ।…