काठमाडौँ, १८ पौष । दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तगर्तत कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि आवश्यक जग्गा अधिकरण गर्न सरकारले सडक विभागलाई स्वीकृति दिएको छ । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्डको २५ रोपनी जग्गा अधिकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले विभागलाई सो स्वीकृति दिएको हो । योसँगै यस आयोजनाका लागि आवश्यक जग्गा अधिकरण गर्न र सडक विस्तार…