हेटौंडा, २९ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई देखाएर काम नगर्ने परिपाटी मौलाउँदै गएको बताउँदै काम नगर्ने कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको टिप्पणी गर्नुभएको छ । आयोगको २९ औं स्थापना दिवसको उपलक्ष्यमा हेटौंडा कार्यालयले गरेको कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारलाई निर्मूल नपारी सुशासनयुक्त समाज नबन्ने भएकाले अख्तियारको कामलाई प्रभावकारी बनाउनु…