काठमाडौँ, २३ माघ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित हुनुभएको छ । अब उहाँ विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान नपाउने व्यवस्था रहेको छ । राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा…