जनकपुरधाम, १७ माघ । प्रदेश दुई सरकारले छोरी बीमालाई बढाएर ३ लाखसम्म पुर्याइएको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले एक पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशमा जन्मिने छोरीहरुलाई अब ३ लाखसम्मको बीमा हुने जानकारी दिए । मुख्यमन्त्री राउतका अनुसार १ लाखको मात्रै बीमा हुँदै आएकोमा मन्त्रिपरिषदको बैठकबाट उक्त रकमलाई बढाएर ३ लाखसम्मको बीमा भएको हो…