अदालत परिसरभित्रैबाट विप्लव समूहका चार जना नेता पुन: नियन्त्रणमा

दाङ, १७ पौष । धरौटी बुझाएर रिहा हुन लागेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा समूहका चार जनालाई प्रहरीले अदालत परिसरभित्रैबाट पुन पक्राउ गरेको छ । बुधवार दाङको देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिइएको हो । जिल्ला अदालतले गएको पुस…