काठमाडौँ, २७ मंसिर । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको म्याद शुक्रबारदेखि पुस ६ गतेसम्म तोकेको छ । यसअघि निर्वाचित भएका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना…