काठमाडौँ, २० मंसिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका लागि राज्यको आवश्यकता र जनताको मनोविज्ञानबीच तालमेल हुन अपरिहार्य रहेको औल्याउनुभयो । ‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक आयोजित कार्यक्रममा उहाँले विकास र समृद्धिकाबारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताउनुभयो । जनता र राजनीतिक दलका कार्यकर्तालाई व्यवस्था परिवर्तनका…