पिछडिएको जिल्लाको परिचय बदल्नका लागि धेरै दिन पर्खनु पर्दैन : मन्त्री बस्नेत

जाजरकोट, २० कार्तिक । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने दावी गर्नुभएको छ । जिल्ला समन्वय समितिको समीक्षा बैठकमा उहाँले पूर्वाधार निर्माणनै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरोन्नतिको लागि यसै आवबाट काम शुरु हुने उल्लेख गर्नुभयो । भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा…