काठमाडौँ, १० मंसिर । नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा गरेकी हुन् । रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो निमन्त्रणापत्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई सोमबार हस्तान्तरण गरे । नेपालमा रुसी राष्ट्रपति पुटिनको उच्चस्तरीय भ्रमणको चर्चा चल्दै गर्दा यसरी…