काठमाडौँ महानगरले चार दिनमात्रै फोहोर उठाउने

काठमाडौँ, ३ मंसिर । काठमाडौँ महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ। नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो। यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताए ।…