‘प्रदेशमाथि संघ हाबी’

काठमाडौँ, ९ कार्तिक । संघीय संविधान जारी भएको चार वर्ष भइसक्दासमेत प्रदेशमाथि संघ हावी बन्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन)ले गरेको स्थलगत अध्ययनअनुसार संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन सकेको छैन । तीन तहका योजना र कार्यक्रम दोहोरिने समस्या पनि उत्तिकै रहेको अध्ययनमा देखिएको छ ।…