कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण समय थपियो

काठमाडौँ, २८ चैत । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय १५ दिन थपिएको छ । यसअघि कांग्रेसले क्रियाशील सदस्य नवीकरण गर्ने समयावधि यस वर्षको अन्तिमसम्म तोकेको थियो । तर कांग्रेसले क्रियाशील नवीकरण समयावधि १५ वैशाखसम्मका लागि थप गरेको छ । महामन्त्री गगन थापाले तल्लो तहलाई परिपत्र गरेर समयावधि थपेको जानकारी गराएका हुन् । नवीकरणका लागि लाग्ने…