काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान काठमाडौँ पाँचतारे होटलमा उनीहरुबीच भेटवार्ता भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुईबीचको उक्त भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाएको छ । विदेशमन्त्री वाङले यसअघि नै राष्टपति विद्यादेवी भण्डारी,…