काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको सिस्नेखोलाबाट काठमाडौँको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास गरेका छन् । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक विभाग अन्तर्गतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का…