सभामुख महराद्वारा प्राकृतिक विपदमा परेकालाई सहयोग गर्न अपिल

काठमाडौँ, ३० असार । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन । आइतबार सभामुख महराले प्रेस वक्तव्य जारी गर्दै भनेका छन, ‘प्रतिनिधिसभा सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु…