काठमाडौँ, २१ असार । खानेपानीमन्त्री बीना मगरले तराईरमधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउँदै एक घर, एक धारा बनाउने मन्त्रालयको नीति रहेको जानकारी गराउनुभएको छ । राष्ट्रियसभामा शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिनुभयो ।…