काठमाडौँ, २४ जेठ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेलाई सुरक्षित नागरिक समाज सुविधानगर तिनकुनेले विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । आफ्नो एकवर्षे कार्यकाल सफलतापुर्वक पुरा गरि उनी असारको पहिलो हप्ता महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएर जाँदैछन । समाजद्वारा विहीबार साँझ तिनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजित विदाई तथा सम्मान…