प्रतिनिधिसभामा आज बजेटमाथि उठेका प्रश्नकाे मन्त्रीले जवाफ दिँने

काठमाडौँ, ९ असार । प्रतिनिधिसभाको आजको बैठक ११ बजे सुरु हुने भएको छ । उक्त बैठकमा ६ वटा मन्त्रालयगत शीर्षकमा विनियोजन गरिएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय,…