राजनीति

प्रधानमन्त्री रोजगार कार्यक्रममा मकै गोडेको हो की सडक विस्तार ? (प्रमाणसहित)



भक्तपुर, ९ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा ‘मकै गोडेको हो की सडक विस्तार गरेको हो ?’ भन्ने बारेमा स्थलगत रिपोर्ट प्रस्तुत गरेका छौं । जसमा केही विकास नचाहने समूह तथा केही मिडियाले गरेको हल्ला गरेको स्पस्ट भएको छ ।

भक्तपुरबाट शुरु गरिएको प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीले शुभारम्भ गरिएको सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे सुवर्णचोक तीनधारा सडकको बाटो बनाउन लगाई शुरु गरिएको थियो ।

सोही क्रममा सामाजिक सञ्जाल तथा केही मिडियामा समेत मकै गोड्न लगाएर राज्यको ठूलो रकम अनावश्यक रुपमा सकेको भनि गरिएको हल्लाको बारेमा एभरेष्ट मिसनले स्थलगत रिपोर्ट तयार गरेको हो । उक्त स्थानमा सडक विस्तार तथा निर्माण गर्ने स्थान मकैबारीमा नै रहेको रहेछ । स्थानीयवासी तथा सरोकारवाला व्यक्तिहरुको सहमतिमा नै उक्त स्थानमा सडक बनाउने सम्झौता अनुसार नै प्रधानमन्त्री रोजगार कार्यक्रमको भव्य रुपमा शुरु गरिएको रहेछ ।

स्थानीय जग्गा धनीले सडक निर्माण गर्न आवश्यक जग्गा समेत व्यवस्था गर्दै सिमाङ्कनमा पूर्ण रुपले समर्थन गर्दै आफै उक्त कार्यको शुरुवात गर्न अग्रसर भएको पाइएको छ । हामीले स्थानीयवासीसँग गरिएको कुराकानीमा सडक निर्माण गर्न साथ र सहयोग रहेको स्पष्ट रुपमा नै बताएका छन् । उक्त स्थानमा राजकुलो रहेको र बाँकी जग्गा धनिले आफ्नो जग्गा काटेर सडक निर्माण गर्न दिएको तर सामाजिक सञ्जालमा अनावश्यक हल्ला तथा नकरात्मक सन्देश प्रवाह गरेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

अधिकाशं स्थानीयवासीले राम्रो कामलाई राम्रो भन्न नसक्नु, विकासको विरोध गर्नु तथा जनताको विकास प्रतिको चाहनालाई कुठाराघात गर्ने प्रयास गरीएको बताए । सामाजिक सञ्जाल तथा केही मिडियामा आएको नकरात्मक तथा अनावश्यक समाचारकै भरले स्थानीयवासी हतोत्साही नहुने र उक्त कुरामा सजक रहेको बताउँदै सडक निर्माण प्रकृयामा कुनै अवरोध नहुने समेत बताए । विकास अहिलेको चाहना हो त्यो सरकारले पुरा गर्ने कार्य शुरु गरेको छ, जसको हाम्रो पूर्ण समर्थन रहेको छ स्थानीयवासीले बताए ।

सरकारको राम्रो काम देखेर आत्तिएका केही अराजक राजनैतिक आग्रह राख्ने व्यक्ति वा समुहद्वारा गरेको विकास बिरोधि प्रचारहरुलाई स्थानीयवासीले नस्वीकार्ने समेत बताए । उक्त ठाँउमा बर्षौ देखि बाटो नभएर दुस्ख कष्ठ झेलिरहेका स्थानीय जनताहरुको इच्छा, चाहना र पहलमा सम्बन्धीत वडाका ब्यरोजगार व्यक्तिहरुलेनै धमाधम यसरी बनाइरहेको बाटोको खिल्ली उडाइ गलत प्रचार गर्ने र समाचार सम्प्रेषण गर्नेको हिसाबकिताब जनताले अबश्य राख्ने समेत बताएका छन् ।

स्थानीयवासीहरुले कागले काँन लग्यो भन्दैमा आफ्नो कानै नछामि दौडिनीहरुले सम्बन्धीत ठाउँमा गई मकै गोडि रहेको छ कि रु बाटो बनिरहेको छ रु भन्ने हेर्नलाई समेत आग्रह गरेका छन् । स्थानीयवासी दिनेश न्यौपानेले सुनियोजित रुपमा हल्ला गर्ने व्यक्ति तथा समूहलाई आगामी दिनमा लखेट्ने समेत बताउनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थपाले अनावश्यक हल्ला गरी नकरात्मक सन्देश प्रवाह गर्ने प्रयास गरेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले विकासबाट आत्तीएकाले विरोध गरेको बताउँदै अनावश्यक रुपमा विरोध गर्ने तत्वलाई जनताले प्रत्यक्ष रुपमा निगरानी गरिरहेकाले त्यसको हिसाव किताव पनि जनताले नै गर्ने बताउनुभयो ।