काठमाडौं, ११ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रथम अध्यक्ष नयनबहादुर खत्रीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्यक्ष नयनबहादुर खत्रीको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ, दिवंगत खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली…