राजनीति

राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यवद्धता : मुख्यमन्त्री राउत



महोत्तरी, ११ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध नेपाल सुखी नेपाली बनाउन राजनीतिमा प्रतिपर्धा तथा विकासमा सवैले ऐक्यवद्धता जनाई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

महोत्तरीको बर्दिवासमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सोलार उर्जा सम्बन्धी अन्तर्क्रियामा उहाँले विकास निर्माणको सवालमा एक जुट भएर अघि बढन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिलाई विकासको झण्डा बोकेर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रदेश २ मा उर्जाको प्रमुख आधार सोलार नै रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘थुप्रै लगानीकर्ताहरु यस प्रदेशमा लगानी गर्न इच्छुक छन्, हामीले जग्गा उपलब्ध गराउनु पर्दछ । त्यसमा यहाँहरुलाई हातेमालो गर्न आवश्यक छ ।’ सौर्य ऊर्जा उत्पादन गर्ने स्थानीय तहमा रोजगारी सिर्जनासमेत हुने भन्दै मुख्यमन्त्री राउतले स्थानीय तहसँग भएका सार्वजनिक जग्गाको अभिलेख प्रदेश सरकारलाई बुझाउन आग्रह आग्रह गर्नुभयो ।