सरकारद्वारा बाढी पहिरो पीडितलाई प्रति परिवार ३ लाख दिने घोषणा

सुर्खेत, २७ चैत । कर्णाली प्रदेश सरकारले प्रदेशका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि प्रति परिवार तीन लाख रुपैयाँ दिने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २०७१ सालमा सुर्खेतमा आएको बाढीबाट प्रभावित पीडित र जाजरकोट, सल्यानलगायतका जिल्लाका बाढीपीडितलाई घर निर्माणका लागि उक्त सहयोग दिने घोषणा गरेको हो । कर्णाली प्रदेश सरकारले जग्गा भएकाहरुको हकमा…