भक्तपुर, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास, सुशासन, समृद्धि र पारदर्शिता आजको अपरिहार्यता रहेको बताउँदै कुनै पनि विकासमा आर्थिक अभावले रोकिन नदिने बताउनुभएको छ । बालकोट ढल निर्माण तथा सरसफाइ उपभोक्ता समितिको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले देशको मुहार हाम्रौ पालामा सम्भव…