काठमाण्डौ, २६ माघ । नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिकबारेमा अनुगमन गर्ने भएको छ । आइतबारदेखि श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको नभएको विषयमा सञ्चार प्रतिष्ठानमा स्थलगत अनुगमन गरिने महासंघले जनाएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले निर्धारण गरेको नयाँ पारिश्रमिकअनुसार ‘क’ श्रेणीका राष्ट्रिय सञ्चारगृह अन्तर्गत काम गर्ने पूर्णकालीन पत्रकारको आधारभूत…