काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका पूर्वसांसद तीर्थ भुषाल नेकपामा प्रवेश गरेका छन् । चितवनका पूर्व सभापति समेत रहेका भुषाललाई नेकपाको दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन । चितवनको माडी स्थायी घर भएका भुषाल २०५१ सालमा भएको मध्यवधी निर्वाचनमा साविक चितवन निर्वाचन क्षेत्र नः ४ बाट विजयी भएका थिए ।