महेन्द्रनगर, १५ माघ । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका पक्की संरचना भत्काउनुपर्ने माग राख्दै मंगलबारदेखि अनिश्चितकालीन कञ्चनपुर बन्द घोषणा गरिएको छ । अवैध लिजविरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनले गरेको कञ्चनपुर बन्दका कारण महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द भएको छ । बन्दका कारण बजार व्यवसाय, विद्यालय, सरकारी कार्यालय,…