काठमाडौँ, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा गरिबी, असमानता तथा जलबायु परिवर्तनको चुनौतीलाई नियन्त्रण गर्न विश्वव्यापी तथा क्षेत्रीय सहयोग अपरिहार्य हुने बताउनुभएको छ । सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार दिनुभएको सन्देशमा सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अतिमहत्वपूर्ण भएको बताउनुभएको…