राजनीति

मन्त्री पोखरेलद्वारा प्राविधिक, व्यवसायिक र व्यवस्थापकीय शिक्षामा विशेष जोड



र्दिबास, ३ चैत । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले बेरोजगारी समस्यालाई हल गर्नका लागी  प्राविधिक शिक्षा, व्यवसायिक शिक्षा, व्यवस्थापकीय शिक्षामा विशेष जोड दिने बताएका छन  ।

शनिबार महोत्तरीको बर्दिबास नगरपालिकाकले आयोजना गरेको पूर्ण विद्यालययुक्त नगर घोषणा कार्यक्रमलाई बोल्दै नेपाली शिक्षामा कामको शिक्षा र पढाईको शिक्षाले मेल नखाएको हुँदा देशमा बेरोजगारी समस्याले जरो गाडेको बताएका हुन ।

मन्त्री पोखरेलले विद्यालयभित्र सबै किसिमका बालबालिका अटाउन सकेमात्रै पूर्ण भर्नायुक्त नगर घोषणा कार्यक्रम सफल हुने बताउदै  अपाङ्गता भई विद्यालय आउन नसकेका बालबालिकालाई विशेष शिक्षाको व्यवस्था गर्नु पर्ने बताए ।

मन्त्री पोखरेलले पहिलो चरणको भर्ना अभियानबाट विद्यालय भित्र्याउन नसकिएका ५९ हजार ७ सय ३३ बालबालिकालाई लक्षित गरी नयाँ कार्यक्रम शुरु गर्ने प्रस्ताव मन्त्रीपरिषद्मामा लगेको समेत जानकारी गराएका छन ।