राजनीति

मुलुकलाई विकास गर्ने नीति, आचरण र परिश्रम आवश्यक : नेता महत



काठमाडौँ, ३ चैत । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकलाई विकास गर्ने नीति, आचरण र परिश्रम आवश्यक रहेको बताएका छन ।

शनिबार युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा बोल्दै राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताएका छन । उनले भने, स्रोत र साधन भएर मात्र मुलुकको विकास हुँदैन, नीति, आचरण र परिश्रम आवश्यक छ ।,”

नेता महतले सीपको विकास गरेर युवालाई रोजगारीमा लगाउनु अहिले मुलुकको आवश्यकता रहेको बताउदै हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको बताए ।

कार्यक्रममा अभियानद्वारा प्रकाशित पुस्तिका ‘जागृति’को विमोचनसमेत गरिएको थियो ।