मुलुक आर्थिक विकास र समृद्धिको नयाँ चरणमा : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक राजनीतिक क्रान्ति सम्पन्न भएपछि अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को आज शुभारम्भ गर्दै उहाँले जनताको चाहनाअनुसारको संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका…