असोेज ८, काठमाडौं । सवारी जामका कारण आक्रान्त बनेको कोटेश्वर–जडिवुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहार अघि नै बेलिव्रिज सञ्चालनमा आउने बताइएको छ । आइबार पूर्व उद्योगमन्त्री महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, पिआईडी दिवाकर ढकाल, स्थानिय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु सहितको स्थलगत…