काठमाडौँ, ७ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बनेपछि नेपालको परराष्ट्र सम्बन्ध भताभुङ्ग भएको आरोप लगाएका छन् । आज बाराको रानीवास बजारमा आयोजित सर्वपक्षीय अन्तरक्रियामा उनले ओली सरकार बनेपछि परराष्ट्र सम्बन्ध बिग्रिएको आरोप लगाएका हुन् । वर्तमान गठबन्धन सरकारका कारण जनतामा निराशा देखिएको भन्दै प्रचण्डले यसैलाई…