जेष्ठ ८, काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच एकता पश्चात वनेको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले पार्टी एकताको उपलक्ष्यमा एक दिने क्याम्पस सरसफाई कार्यक्रम गर्ने भएको छ । एसियाको तेस्रो तथा सार्क राष्ट्रको पहिलो ठूलो कम्युनिष्ट पार्टी भएको उपलक्ष्यमा तत्कालिन एमाले निकट अनेरास्ववियु तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको क्याम्पस कमिटीको संयुक्त…