बैशाख २७, काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रिबजेटमाथि संघीय संसदमा पहिलो सम्बोधन गर्दै आगामी बजेटमा भौतिक पूर्वाधार तथा सामाजिक पूर्वाधार विकासमा मुख्य जोड दिएर बजेट ल्याउन पर्नेमा जोड दिएका छन् । बुधबार अर्थमन्त्री डा। यूवराज खतिवडाले प्रस्तुत गरेको प्रिबजेटमाथि बोल्दै संयोजक भट्टराईले भने भौतिक पूर्वाधार रेल, सडक, जलमार्ग, जलविद्युत…